सिन १:
समय: साझको ५ बजे।
ट्रिङ ट्रिङ ट्रिङ.....
प्रथम पात्र: हेलो
द्धितिय पात्र: सुनन, साझ ७ बजे तिर दाई आउनु हुन्छ...., ग्लोबल भिलेज जाने हो भने हिड् भन्नु भ'को छ, जाने हो तिमी पनि???
प्रथम पात्र: हुन्छ नि त... मेरो आज अफ हो, ठिकै छ जाउला नि त..
द्धि्त्तिय पात्र: अहिले म अफिषमा छु, साडे छ बजे आउछु, तिमि रेडी भै राख।
प्रथम पात्र: ओके देन...
द्धित्तिय पात्र: ओके बाई...
सिन २:
समय साझको ६:०५ बजे।
टुउउउ टुउउउ टुउउउ.....
प्रथम पात्र: हेलो....खोई त.. दाई आउनु भएन???
द्धितिय पात्र: हेरन यार, दाई त बुर-दुबाई तिर जानु भ'को छ रे.. आउदा ९ बज्छ रे.. जाने र?? त्यहि माथी आज कि भोली हो ग्लोबल भिलेजमा फ्याम्ली डे हो रे..। आज त्यस्तै भो.. अर्को चोटी जाउला नि..।
प्रथम पात्र: ल ठिकै छ नि त.. अर्को चोटी जाउला..।
द्धित्तिय पात्र: तिमि रुममै हो?? म तिम्रो रुममा आउछु....।
प्रथम पात्र: आउन त.. म रुममै छु..।
सिन ३:
समय: रात ८:१५ बजे।
प्रथम पात्र र द्धित्तिय पात्र, प्रथम पात्रको रुममा... त्यहि बेलामा प्रथम पात्रको मोबाईल बज्छ...
ट्रिङ ट्रिङ ट्रिङ.....
द्धित्तिय पात्र: (फोन उठाउछ)........ए छिन है दाई....। ए सुन न, दाई आउदै हुनु हुन्छ रे, जाने र ग्लोबल भिलेज???
प्रथम पात्र: आउदै हुनुहुन्छ भने जाउन त...।
द्धित्तिय पात्र: (फोनमा) ल आउनोस् न त हामी यहि छौ।
सिन ४:
समय: रातको ८:४५ बजे।
प्रथम पात्र र द्धित्तिय पात्र बस्ने बिल्डिङको गेटमा........., प्रथम पात्र, द्धित्तिय पात्र र द्धित्तिय पात्रको दाई (दाई)..
दाई: अस्ति पनि जाने भनेको मिलेन है, आज जाउन त, आज कि भोली फ्याम्ली डे हो क्यारे, जाउन न त.... तै पनि....... त्यस्तै भए फर्केर आउला....।
प्रथम पात्र, द्धित्तिय पात्र (सहमती जनाउदै): हुन्छ, जाउ न त।
सिन ५:
समय: रातको ९:१५ बजे।
ग्लोबल भिलेजको गेट। टिकट काट्ने ठाउ।
प्रथम पात्र: Can you please give me 3 ticket??
क्यासियर: Sir, today is family day, where is your family??
प्रथम पात्र: निच्च दात देखाउदै काउन्टरबाट फर्कन्छ।
सबै पात्रहरु काउन्टरको छेउमा बसेर रमिता हेरीरहेका हुन्छन् र फ्याम्लीको मतलब कप्पल हुनु पर्ने रहेछ भन्ने बस्तुस्थितिबाट थाहा हुन आउछ। त्यतिकैमा पात्रहरुको आखाँ पर्छ, ३ जना फिलीपिनो केटीहरुलाई पनि त्यसरी नै फर्काईदिएको... र अकस्मात प्रथम पात्रको दिमागमा मिन्टोसको एडमा जस्तो बत्ति बल्छ.... (जा बैरे जा, यिनीहरुसंग कुरा गर, यिनिहरु पनि आजका पिडित हुन्, टिकट काटुन्जेलको लागी फ्याम्ली बन्ने प्रस्ताब राख..... )
प्रथम पात्र: Excuse me, we are also trying to go inside, but they are asking for family, if you can help us, we all can go inside.
फिलिपिनो ग्रुप मध्येकी एक (टाठीबाठी): Okay, how many of you are here???
प्रथम पात्र: We are three, there is no problem…
टाठीबाठी: Okay, give me money, I’ll buy the ticket (प्रथम पात्रसंग सय दिरामको नोट हुन्छ र टोटल ३० दिराम लाग्ने टिकटका लागी ७० दिरामको आस मारेर त्यहि सयको नोट दिन्छ।
(टाठीबाठीले टिकट लिएर आउछे र सबै पात्रहरु एक एक कप्पल बनेर भित्र छिर्छन्...
टाठीबाठीले त्यो ७० दिराम दिने कुनै छाटकाट छैन.....
गेटबाट भित्र....
दाई: भाईहरु यिनिहरुसंग हाम्रो काम सकियो... अब यिनिहरुको पछी नलागौ...
अरु पात्रहरुलाई पनि यो कुरा ठिकै लाग्छ।
प्रथम पात्र, टाठीबाटीलाई: Okay, I think, now we can have our own time...
टाठीबाठी: Okay, enjoy your time….!!!
(टाठीबाठीबाट फिर्ता आएको पैसा दिने कुनै छाटकाट छैन...)
प्रथम पात्र (पैसा फिर्ता आउछ कि भन्ने आसका साथ): Okay, thank you for your support, by the way how much you paid for the ticket???
टाठीबाठी: Ohhh, each ticket cost 10 Diram……. I think, you want the remaining money back….. how much shall I give you???
प्रथम पात्र: Your wish….
टाठीबाठी: Okay, take 50 Diram…
प्रथम पात्र (मन मनै... आस मारेको पैसो हो, जति आउछ ली बैरे...): Thanks once again…
दुई ग्रुप दुई तर्फ लाग्छन.......
सिन ६:
समय: रातको ९:४० बजे
ग्लोबल भिलेज भित्र....... तिन जना पुरुष पात्रहरु गफाडीदै, गोर्खे पारामा घुमीरहेका छन्... एक्कासी पछाडीबाट आवाज आउछ.......
Hello….. Hello….
तिनै जना पात्रहरु पछाडी फर्केर हेर्छन्.....
पुलिस: YESSSSSS….. YOU ALL…..
तिनै जना पात्रहरुको अनुहार निलो कालो हुन थाल्छ.....
पुलिस: WHERE IS YOUR FAMILY???
दाई (डराउदै): Arabab, We came with friends and they are on the other side….
पुलिस: FRIENDS OR FAMILY???
दाई: friends…
पुलिस: CALL THEM HERE RIGHT???
दाई: Arabab, we don’t have their no….
पुलिस: THEY ARE YOUR FRIENDS, YOU CAME TOGETHER AND YOU DON’T HAVE THEIR NO….. HMMMM….
दाई: (सकी नसकी, सम्झि सम्झि, अरबीमा केहि भन्दै हुन्छ... जुन प्रथम पात्र र द्धि्त्तिय पात्रले केहि बुझ्न सेकेनन्.......... )
पुलीस: YALLAAA, COME WITH ME……
सबै पात्रहरुको मुख झन् निलो कालो हुदै जान्छ। पुलिसले ति पात्रहरुलाई काहा लिएर जादै छ केहि थाहा हुदैन.. र एक आपसमा बोल्न सक्ने स्थिती पनि हुदैन....।
एकै छिन् हिडे पछी, पुलीसले पात्रहरुलाई एक्जिट गेट तर्फ लिएर जान्छ..... र पात्रहरु अलिकती ढुक्क भएका जस्ता देखिन्छन्....
सिन ७:
समय: रात १०:५ बजे।
एक्जिट गेटमा.....
पुलिस: IF YOU TRY TO DO LIKE THIS NEXT TIME, YOU’LL GO TO THE POLICE POST….
सबैपात्रहरु ढुक्कको सास फेर्दै एकै स्वरमा: सुक्रान अर्बाब.......!!!!!!
पात्रहरु त्यहाबाट निकन्छन्, सबैको मुखमा मुस्कान छाउछ र आफ्नो बाटो तताउछन्......!!!!
सिन ८:
समय: रातको ११ बजे।
प्रथम पात्र आफ्नो रुममा आएर यो स्टोरी लेख्दै छ।
मोरल अफ द स्टोरी: ........................................................................................................................
(पाढकबृन्द: सबैले आफ्नो आफ्नो मोरल अफ द स्टोरी प्रस्तुत गरिदिनुहुन आग्रह गरिन्छ)
PS: ग्लोबल भिलेज; युएई स्थित दुबाई ईमिरेटस् मा बर्षिकरुपमा हुने एउटा एक्जिबिसन हो.. जहा बिश्बका ५० भन्दा बढी राष्ट्रहरुले, आफ्नो आफ्नो राष्ट्रको मौलीकता झल्कने गरी भाग लिने गर्दछन।
फीलिपिनो मेमोरिज =))
ReplyDelete