Sunday, May 29, 2011

भदौ १४ - मेरो भबिष्यबाणी~~

अझै पनी ह्वा गाम तिर मिठे ज्योतिशीको भाईको छोरो भनेसी जस्लने नि चिन्छन्, हिङ नभएन हिङ् बाधेको टालो त हुँ नि, ल म पनी भबिष्यबाणी गर्दिम है त।

नालाएकहरुले जसो तसो ३ महिनाका लागी म्याद थपेछन त्यो पनी नयाँ सरकार बनाउने सर्तमा। पहिलो कुरा ठोकुवा गरेर भन्छु- यो म्याद संबिधान बनाउने म्याद हुदै होईन। हदै सम्म गरेछन भने, भदौ १४ सम्ममा नयाँ सरकारले पुर्णता पाउने छ। अनी हामीले बल्ल सरकारमा पुर्णता पायौ, अब संबिधान लेख्छौ भनेर फेरी अर्को उनिहरुको ईक्षा अनुसारको समय थप्नेछन्।

३ महिनाको ब्रेक डाउन पनी दिई हालौ है त -
  • १ महिना झल्लुले राजीनामा दिन लाई।
  • १ महिना को प्र.म. बन्ने भनेर छान्न लाई।
  • अनी बाकी रहेको एक महिना चाही प्र.म. छानेर प्रमुख मन्त्रालयको बाडफाड लाई।
  • भदौ १४ गते अन्तिम दिन चाही, दिउसो छोटा मोटा बाकी रहेका मन्त्रालयको भाग बन्डाम मिलाउने र राती १२ बजे ल अब समय संबिधान लेख्नका लागी हो भनेर समय थप्ने।
नोट: पुरा समचार पढेको छैन, टि्वट्मा साथीहरुले ३ महिना म्याद थप भो भनेको हिसाबले यो ब्लग लेख्न मन लागेको हो। मेरो कुरा छेउ न टुप्पोको लागेको भए माफ पाउ। :)

Saturday, May 28, 2011

आजको दिन मेरो लागी थिदै थिएन!!

जिन्दगीमा कहिले काही यस्तो दिन आउछ नि, त्यो दिनमा जुन कुरा-काम गर्यो त्यही कुराले दिमाग खराब गरिदिन्छ। आजको दिन सायद मेरो लागी त्यस्तै एउटा दिन थियो, जुन बिहान उठे देखी साझँ सम्म जे कुरा छोयो त्यहि कुरामा दिमाग खराब।

हिजो राती २:३० मा आएर सुतियो, बिहान ७:३० मा उठेर अफिष गैयो। राम्रोसंग निन्द्रा नपुगेकाले, केहि काम गर्ने मन थिएन। राती कच्याकुचु खाईयो, बिहान मज्जाले भोक लाग्या थियो, त्यसैले अफिष जाने बेलामा बाटोमा ग्रोसरीबाट डोनट लिएर गए, (प्राय त्यस्तै गर्छु, ग्रोसरीबाट केहि खाने कुरा लाग्यो, अफिषमा गएर चिया बनाएर, चियासंग खायो), आज अफिष पुगे, पानी तताए, चियाको कपमा चिनी हाले, चिया पत्ती हाल्नलाई भाडो हेरेको त चिया पत्ती सक्किएको रहेछ।

यसो टि्वट तिर हेरेको, सबैले आज देशको राजनितिक अबस्थाबाट आएको फ्रष्ट्रेसन पोखिरहेका रहेछन्। सबै टि्वटहरु पढे, देशको अबस्था देखेर झन दिक्क लागेर आयो।

४-५ दिन देखी आजैका लागी भनेर साचेर राखेको एउटा काम थियो, जस्का लागी बाहीरको कम्पनीको मान्छेलाई फोन गरेर काम गर्नु पर्ने थियो, त्यो मान्छेलाई फोन गरेको त्यस्को आज अफ रहेछ। त्यो काम पनि गर्न पाईएन।

अस्ती एउटा नयाँ कम्प्युटर लिएको थियो अफिषले, त्यो दिन कन्फिगर गर्नको लागी मात्र सि.पि.यु झिके (अरुकुराहरु, विन्डोज सिडी, किबोर्ड, माउस, अनि केबलहरु कार्टुन बक्स भित्रै छोडेर त्यही साईडमा राखेको थिए, हिजो मेरो अफ डे को दिनमा हाउस किपिङ आएर त्यो कार्टुन बक्सलाई गार्बेज भनेर फाल्दिएछ, त्यस्ले त झन नराम्रो संग दिमाग ततायो। (धन्न कार्टुन बक्स चाही गार्बेज रुममै रहेछ)

एउटा किच किचे म्यानेजरको कम्प्युटर फर्म्याट गर्न पर्ने थियो। फर्म्याट गर्छु भनेर गएको, त्यस्को पि. सी. को मोडल नै फरक रहेछ (जस्ले गर्दा रेगुलर तरिकाले फर्म्याट गर्न पाईन, रेगुलर तरिकाले गर्दा ५ मिनेटमा कम्प्युटर फर्म्याट हुन्थ्यो, अर्को मोडलको पि.सी. पर्दिनाले २ घन्टा लोग्यो। सबै कुराको ब्यक अप लिएरनै फर्म्याट गरेको थिए, एउटा सानो कन्फ्युजनले गर्दा उस्को मेल ब्याकअप भएनछ, (त्यस्ले झनै दिमाग खराब गर्यो), बल्ल बल्ल त्यस्को मेल रिकभर गरे।

यती गर्दा सम्म साझको ७:३० भै सकेको थियो, साह्रै भोक लागेर क्याफ्टेरिया गएको भात सिद्दिएको रहेछ। नेपालीको छोराले “भात” खान नपाउदा झनै रिस उठ्यो, तै पनी भोक त मार्नै पर्यो, हट डग बनाउन लगाए, हट डग बनाएर दियो, पहिलो बाईट लिने बित्तिकै अल्ली कस्तो कस्तो स्वाद आयो। के हालेको छ यस्मा भनेको त बिफ कवाब पो भन्छ, जनु आफुले खादै खादिन।

अनी यसो बिचार गरे, आजको दिन मेरो रदै रहेनछ जस्तो लाग्यो, खुरुक्क उठेर घर आए र यो बल्ग लेख्दै छु। खानको लागी चाही ग्रोसरीबाट स्याङ्विच लिएर आ’को छु, तताएर खानु पर्ने छ, हेरौ त्यो तताएर खाने बेला सम्म अरु पनी केहि हुन्छ की.. :)

PS: अझै एउटा कुरा छुटेछ नि, त्यो म्यानेजरको मेल कसरी रिकभर गर्ने भनेर ठिस भएर बसिरा'थै, त्यै बेलामा अर्को होटलबाट फोन आयो, एउटा गेष्ट कम्पलेन छ भनेर (दुईटा होटल हेर्ने हुदा कहिले कुन होटल, कहिले कुन होटलमा हुन्छु)। गेष्टसंग कुरा गरेको "हेलो म आई.टी बाट" भन्ने बित्तीकै एउटा महिलाको आवज ननस्टप यसरी आयो "कसैले आज दिउसो मेरो ल्यापटप चलाएर मेरो हटमेलमा भएको सबै कन्ट्याक्टहरुलाई भाईरस भएको मेल पठाएछ, मेरो सबै साथीहरुले फोन गरेर मलाई कराईरहेका छन्, मैले तिमीहरुको ईन्टरनेट चलाउने बित्तिकै यस्तो भयो, तिमरुको होटलको कसैले मेरो आईडी ह्याक गरेर यस्तो काम गरेको हो, यहा तुरुन्त आएर यो प्रोबोलम सल्भ गर" पो भन्छे। मैले कुरा बुझीहाले, ल्यापटमा भाईरस लागेछ र त्यही कुरा गेष्टलाई भने तर जवाफ यस्तो आयो "तलाई थाहा छ म कुन कम्पनीमा काम गर्छु, हाम्रो ठुलो कम्पनी हो, हाम्रो कम्पनीमा भाईरस छिर्दैन"। यस्तै यस्तै बहस १५-२० मिनेट चल्यो। लास्टमा " तेरो जि. एम. संग कुरा गर्छु" भनेर धम्की दिदै फोन राखी.. :)

Monday, January 17, 2011

घर काहा?? “काठमान्डु”!!!!

अरबमाँ गोडा तिनेक बर्षको दौरानमा धेरै नेपालीहरु भेटियो। कुनै पनि नेपालीलाई पहिलो चोटी भेट्दा एउटा कुरा त सोध्न मन लागी हाल्छ, सोध्दिन भन्दा पनि के हो के हो मुखबाट निस्की हाल्छ सायद तपाईहरुले पनी त्यही गर्नुहुन्छ होला। पहिला त “ए तपाई पनी नेपाली??” भनिन्छ... अनी त्यो प्रश्न “घर कहा नि????”

अहिलेसंम्म भेटेका मध्य ९५% को जवाफ “काठमान्डु” नै रहैको छ र बिस्तारै कुरा अघी बढ्दै जादा थाहा लाग्छ कि ति ९५% मध्ये ६०% भन्दा बढीको घर बास्तबिक “काठमान्डु” नभएर अन्त कतै हुने गर्छ।

धेरैको त बोलिको लबजले नै थाहा लाग्छ कि यो मान्छे “काठमान्डु”को हैन भनेर, आफुलाई त्यस्तो देखे पछी झन कोट्याई कोट्याई सोध्न मन लाग्छ।

अनी यस्ता जवाफहरु भेटीन्छन्:
“अँ, खास घर त पाल्पा हो, काठमान्डुमा एउटा घडेरी किन्या छु...”
“अँ, काठमान्डुमै हो, पाचखाल तिर......”
“अँ, खास घर त तराई तिर हो, तर बस्ने गर्ने काठमान्डुमै हो, अंकलको घर त्यही छ.....”
“अँ, खास घर त मोरङ हो, भाई काठमान्डुमा डेरा लिएर बस्छ...”
र यस्तै यस्तै........!!!!

ए बाबै, म त छक्क पर्छु भन्या, मान्छेलाई घर “काठमान्डु” भन्न कत्रो शौख हो भन्या।

यो कुरा पहिला देखीनै मनमा लागी’राथ्यो, आज भ्यान भ्यानै एउटा ईन्डियनले प्वाक्क सोधिहाल्यो...
“नेपाल मे दुस्री जग्हा कोही नही हे क्या??”
मैले “किन” भनेर सोध्या त “जो भी नेपाली से, नेपाल मे घर किधर है पुछे तो, काठमान्डु से और कोही जाग्हा बोल्ता ही नही...”

म नेपालीलाई त आफ्नै नेपालीले यसरी धाक दिन्छन्, बिचरा त्यो त ईन्डियन, धन्न अहिले संम्म कसैले सिंहदरबार, राजदरबार मेरै हो भन्या रैनछन.....

लौ न साथीहरु यस्तो कुरा मैले मात्र भोग्नु पर्या हो कि तपाईले पनी भोग्नु भा’छ????

Thursday, December 2, 2010

रुबिक क्युबको टन्टो

अस्ती बुरदुबाई तिर साथीसंग धुम्दै थिए, एउटा पसलमा ६ ओटा पाट भ'को डल्डो देखे.. फिल्ममा पात्रहरुले खेलाएको त देख्या थे, आफुले कहिले छोएको पनि थिईन.. त्यस्को बिग्रेको कलर मिलाउने हो भन्ने चाही थाहा थियो। "कती पर्छ??" भनेर सोधेको त २ दिराम मात्र पर्ने रहेछ, साथीलाई र मलाई एक एक ओटा लियौ। लिएर बाहिर मात्र के निस्केका थियौ, साथैको पसलको धोतीले चिन्नु न जान्नु खिस्स दात देखाउदै "मिलाके देखाओ, १०० दिरामका बाजी हुवा" पो भन्छ बा..। आफुलाई नआउने भए पछी किन बढी बोल्नु भनेर चुपो लागेर हिडियो तर त्यस्को बचन चाही चुस्स लाग्या जस्तो भो, बाटोमै प्लास्टीको खोलेर, साथी र म बाटोमै बटारदै हिड्न थाल्यौ। यो डल्लो को खास नाम थाहा थिएन आफुलाई, साथी पनि त्यस्तै परेछ, मलाई चाही "पजल क्युब" भन्छन जस्तो लाग्या थ्यो.. साथीको रुममा पुगे पछी गुगललाई सोधेको त "रुबिक क्युब" पो भन्दो रहेछ..!!!

त्यै दिन नजानी-नजानीकन साथीले त एउटा पाटो मिलाई राखेको थियो, आफुले मरी गए सकेको थिईन। फर्कने बेलामा मेट्रोमा पनि खुब ट्राई गरे, ४५ मिनेट मेट्रोमा कुदेको पत्तो पाईन। त्यो दिन रुममा आए पछी टेबलमा राखेको, त्यस पछी छोएको पनी थिईन। त्यै दिन टि्वटरमा चाहि "कसैले रुबिक क्युब सल्भ गर्न सक्छ??" भनेर टि्वटेको थिए.. आज बिहान उठ्ने बित्तीकै टि्वटर हेरेको त @eracube ब्रो ले "wanna solve rubik's cube ... i can assist u .. come to :)" भनेर मेन्सन गरी राखेको रहेछ.. त्यस पछी त मेरो बसेको भुत फेरी जागी हाल्यो नि.. @eracube ब्रोले स्काईप बाट कम्ती सिकाएको त हैन, के गर्नु आफ्नो दिमागमा घुसे पो त.. :) धेरै धेरै धन्यबाद है @eracube ब्रो....। बिहान ११ बजे देखी दिउसो ३ बजे सम्म त्यही बटार्दै बसे, मलाई गर्न नआए पनी गर्नु पर्ने के हो भन्ने लजिक चाही @eracube ब्रो ले भने पछी बुझेको थिए।

पछी अफिष जाने बेलामा पनी गाडीमा पनी खेल्दै थिए, म संगै बसेको फिलीपोनो केटाले खुब ईन्ट्रेस्ट देखायो, बज्जियालाई दिएको त ३-४ मिनेटमै सबै पाटा मिलाई दियो बा.. :O !!!! अफिषबाट फर्कने बेलामा पनि त्यही केटो मेरै छेउमा पर्यो, सोधे बज्जियालाई ल भन कसरी बनाउने यो भनेर.. थर्ड लेयरमा गएर हुन सक्ने पोसिबिलिटी एउटा "माछा आकार" बन्दो रहेछ, त्यस्को लजिक चाही सिकायो..
१. माथी पट्टी भएको कलर र मुख तिर, अर्को कुनामा भएको कलरलाई आफु तिर फेस गर्ने।
२. त्यही कलर भएको साईडको तल पट्टीको कलरलाई माथि ल्याउने।
३. त्यो कलर दाया छ भने, माथी पट्टीको लेयरलाई एक दाया धुमाउने। बाया छ भने बाया धुमाउने।
४. सुरुमा १ नंम्वर वाला भएको अर्को साईडको कलरलाई आफु तिर फेस गर्ने।
५. ३ नंम्वर मा धुमाएकोलाई आफुतिर फेस गर्ने र पहिलेकै ठाउमा (तल पट्टी) लैजाने।
६. ४ नंम्वर वालालाई पहिलेकै ठाउमा (तल पट्टी) लैजाने।
यती गरे पछी बाकि रहेको एउटा फेस पनि सिद्दीन्छ। यो चाही फाईनल स्टपेको वन अफ द पोसिबल स्टेप हो र .. त्यस्ले भने अनुसार, एउटा "माछा आकार" हुन्छ रे, अर्को "अंग्रेजिको 9" जस्तो हुन्छ रे, अनी अर्को चाहि "अंग्रेजिको T" जस्तो हुन्छ रे.. यत्ति हो!!!!!

साच्चै यो फाईनल स्टेप वाला चाहि आफुले संम्झनको लागी लेखेको हु है, पढ्दा पढ्दै रिस उठ्या भे, सरी.. :P

ईतिश्री: ग्लोबल भिलेज २०१० भ्रमण

सिन १:
समय: साझको ५ बजे।

ट्रिङ ट्रिङ ट्रिङ.....

प्रथम पात्र: हेलो
द्धितिय पात्र: सुनन, साझ ७ बजे तिर दाई आउनु हुन्छ...., ग्लोबल भिलेज जाने हो भने हिड् भन्नु भ'को छ, जाने हो तिमी पनि???
प्रथम पात्र: हुन्छ नि त... मेरो आज अफ हो, ठिकै छ जाउला नि त..
द्धि्त्तिय पात्र: अहिले म अफिषमा छु, साडे छ बजे आउछु, तिमि रेडी भै राख।
प्रथम पात्र: ओके देन...
द्धित्तिय पात्र: ओके बाई...

सिन २:
समय साझको ६:०५ बजे।

टुउउउ टुउउउ टुउउउ.....

प्रथम पात्र: हेलो....खोई त.. दाई आउनु भएन???
द्धितिय पात्र: हेरन यार, दाई त बुर-दुबाई तिर जानु भ'को छ रे.. आउदा ९ बज्छ रे.. जाने र?? त्यहि माथी आज कि भोली हो ग्लोबल भिलेजमा फ्याम्ली डे हो रे..। आज त्यस्तै भो.. अर्को चोटी जाउला नि..।
प्रथम पात्र: ल ठिकै छ नि त.. अर्को चोटी जाउला..।
द्धित्तिय पात्र: तिमि रुममै हो?? म तिम्रो रुममा आउछु....।
प्रथम पात्र: आउन त.. म रुममै छु..।


सिन ३:
समय: रात ८:१५ बजे।
प्रथम पात्र र द्धित्तिय पात्र, प्रथम पात्रको रुममा... त्यहि बेलामा प्रथम पात्रको मोबाईल बज्छ...
ट्रिङ ट्रिङ ट्रिङ.....


द्धित्तिय पात्र: (फोन उठाउछ)........ए छिन है दाई....। ए सुन न, दाई आउदै हुनु हुन्छ रे, जाने र ग्लोबल भिलेज???
प्रथम पात्र: आउदै हुनुहुन्छ भने जाउन त...।
द्धित्तिय पात्र: (फोनमा) ल आउनोस् न त हामी यहि छौ।

सिन ४:
समय: रातको ८:४५ बजे।
प्रथम पात्र र द्धित्तिय पात्र बस्ने बिल्डिङको गेटमा........., प्रथम पात्र, द्धित्तिय पात्र र द्धित्तिय पात्रको दाई (दाई)..

दाई: अस्ति पनि जाने भनेको मिलेन है, आज जाउन त, आज कि भोली फ्याम्ली डे हो क्यारे, जाउन न त.... तै पनि....... त्यस्तै भए फर्केर आउला....।
प्रथम पात्र, द्धित्तिय पात्र (सहमती जनाउदै): हुन्छ, जाउ न त।

सिन ५:
समय: रातको ९:१५ बजे।
ग्लोबल भिलेजको गेट। टिकट काट्ने ठाउ।

प्रथम पात्र: Can you please give me 3 ticket??
क्यासियर: Sir, today is family day, where is your family??
प्रथम पात्र: निच्च दात देखाउदै काउन्टरबाट फर्कन्छ।

सबै पात्रहरु काउन्टरको छेउमा बसेर रमिता हेरीरहेका हुन्छन् र फ्याम्लीको मतलब कप्पल हुनु पर्ने रहेछ भन्ने बस्तुस्थितिबाट थाहा हुन आउछ। त्यतिकैमा पात्रहरुको आखाँ पर्छ, ३ जना फिलीपिनो केटीहरुलाई पनि त्यसरी नै फर्काईदिएको... र अकस्मात प्रथम पात्रको दिमागमा मिन्टोसको एडमा जस्तो बत्ति बल्छ.... (जा बैरे जा, यिनीहरुसंग कुरा गर, यिनिहरु पनि आजका पिडित हुन्, टिकट काटुन्जेलको लागी फ्याम्ली बन्ने प्रस्ताब राख..... )

प्रथम पात्र: Excuse me, we are also trying to go inside, but they are asking for family, if you can help us, we all can go inside.
फिलिपिनो ग्रुप मध्येकी एक (टाठीबाठी): Okay, how many of you are here???
प्रथम पात्र: We are three, there is no problem…
टाठीबाठी: Okay, give me money, I’ll buy the ticket (प्रथम पात्रसंग सय दिरामको नोट हुन्छ र टोटल ३० दिराम लाग्ने टिकटका लागी ७० दिरामको आस मारेर त्यहि सयको नोट दिन्छ।
(टाठीबाठीले टिकट लिएर आउछे र सबै पात्रहरु एक एक कप्पल बनेर भित्र छिर्छन्...

टाठीबाठीले त्यो ७० दिराम दिने कुनै छाटकाट छैन.....

गेटबाट भित्र....

दाई: भाईहरु यिनिहरुसंग हाम्रो काम सकियो... अब यिनिहरुको पछी नलागौ...
अरु पात्रहरुलाई पनि यो कुरा ठिकै लाग्छ।
प्रथम पात्र, टाठीबाटीलाई: Okay, I think, now we can have our own time...
टाठीबाठी: Okay, enjoy your time….!!!
(टाठीबाठीबाट फिर्ता आएको पैसा दिने कुनै छाटकाट छैन...)
प्रथम पात्र (पैसा फिर्ता आउछ कि भन्ने आसका साथ): Okay, thank you for your support, by the way how much you paid for the ticket???
टाठीबाठी: Ohhh, each ticket cost 10 Diram……. I think, you want the remaining money back….. how much shall I give you???
प्रथम पात्र: Your wish….
टाठीबाठी: Okay, take 50 Diram…
प्रथम पात्र (मन मनै... आस मारेको पैसो हो, जति आउछ ली बैरे...): Thanks once again…

दुई ग्रुप दुई तर्फ लाग्छन.......


सिन ६:
समय: रातको ९:४० बजे

ग्लोबल भिलेज भित्र....... तिन जना पुरुष पात्रहरु गफाडीदै, गोर्खे पारामा घुमीरहेका छन्... एक्कासी पछाडीबाट आवाज आउछ.......

Hello….. Hello….

तिनै जना पात्रहरु पछाडी फर्केर हेर्छन्.....

पुलिस: YESSSSSS….. YOU ALL…..
तिनै जना पात्रहरुको अनुहार निलो कालो हुन थाल्छ.....

पुलिस: WHERE IS YOUR FAMILY???
दाई (डराउदै): Arabab, We came with friends and they are on the other side….
पुलिस: FRIENDS OR FAMILY???
दाई: friends…
पुलिस: CALL THEM HERE RIGHT???
दाई: Arabab, we don’t have their no….
पुलिस: THEY ARE YOUR FRIENDS, YOU CAME TOGETHER AND YOU DON’T HAVE THEIR NO….. HMMMM….
दाई: (सकी नसकी, सम्झि सम्झि, अरबीमा केहि भन्दै हुन्छ... जुन प्रथम पात्र र द्धि्त्तिय पात्रले केहि बुझ्न सेकेनन्.......... )
पुलीस: YALLAAA, COME WITH ME……

सबै पात्रहरुको मुख झन् निलो कालो हुदै जान्छ। पुलिसले ति पात्रहरुलाई काहा लिएर जादै छ केहि थाहा हुदैन.. र एक आपसमा बोल्न सक्ने स्थिती पनि हुदैन....।

एकै छिन् हिडे पछी, पुलीसले पात्रहरुलाई एक्जिट गेट तर्फ लिएर जान्छ..... र पात्रहरु अलिकती ढुक्क भएका जस्ता देखिन्छन्....

सिन ७:
समय: रात १०:५ बजे।
एक्जिट गेटमा.....
पुलिस: IF YOU TRY TO DO LIKE THIS NEXT TIME, YOU’LL GO TO THE POLICE POST….

सबैपात्रहरु ढुक्कको सास फेर्दै एकै स्वरमा: सुक्रान अर्बाब.......!!!!!!

पात्रहरु त्यहाबाट निकन्छन्, सबैको मुखमा मुस्कान छाउछ र आफ्नो बाटो तताउछन्......!!!!

सिन ८:
समय: रातको ११ बजे।
प्रथम पात्र आफ्नो रुममा आएर यो स्टोरी लेख्दै छ।

मोरल अफ द स्टोरी: ........................................................................................................................
(पाढकबृन्द: सबैले आफ्नो आफ्नो मोरल अफ द स्टोरी प्रस्तुत गरिदिनुहुन आग्रह गरिन्छ)


PS: ग्लोबल भिलेज; युएई स्थित दुबाई ईमिरेटस् मा बर्षिकरुपमा हुने एउटा एक्जिबिसन हो.. जहा बिश्बका ५० भन्दा बढी राष्ट्रहरुले, आफ्नो आफ्नो राष्ट्रको मौलीकता झल्कने गरी भाग लिने गर्दछन।